जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगे अभिनेता पल शाह

  डेटूडे खबर डेस्क
  २५ कार्तिक २०७९

                            

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।

पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी किशाेरी र उनका बुबाले समेत तनहुँ र नवलपुरमा अदालतमा बलात्कार नभएको भन्दै बयान फेरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट