मिस अर्थमा प्रतिस्पर्धा गर्न फिलिपिन्स गइन् सरिशा श्रेष्ठ

डेटूडे खबर डेस्क
२५ कार्तिक २०७९
मिस नेपाल अर्थ सरिशा श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन शुक्रबार फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेकी छन् ।
नोभेम्बर २९ मा मनिलामा हुने मिस अर्थको फिनालेसहित अन्य प्रतिस्पर्धामा सरिशाले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले जित्ने मनोबल लिएर आफू जान लागेको बताइन् ।
विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशकहरु प्रमोद कंसाकार र सुवर्ण क्षेत्रीले सरिशालाई शुभकामना दिए ।