चुनावसम्म मदिरा बिक्री वितरणमा रोक

  डेटूडे खबर डेस्क
  २५ कार्तिक २०७९

                            

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०७८ को दफा ६ थ मा भएको व्यवस्था, सर्वदलिय÷सर्वपक्षिय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिश बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख  रहेको छन् ।

कोहि कसैले सूचनाको बर्खिलाप हुने गरी निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छन् ।

314460922_2209816825878927_4013305646602943681_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट