महोत्तरीको बलवा नगरपालिकाबाट मोहन वैद्यका सात कार्यकर्ता पक्राउ

  डेटूडे खबर डेस्क
  २९ कार्तिक २०७९

                            

महोत्तरी । महोत्तरीमा  निर्वाचन बहिष्कार  गर्ने अमर्यादित गतिविधि गरेको आरोपमा सातजनालाइ प्रहरीले पक्राउ परेका छन् ।  बलवा नगरपालिका ७ बनौटाबाट उनीहरुलाइ पक्राउ परेका हुन् ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको महोत्तरीको प्रहरी नायव उपरीक्षक संतोष पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेहरु मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेका छन् । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादवलगायत ६ जना र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वितरण गरिरहेका थिए । उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट