चुनावी सभा भइरहेकाे स्थल नजिकै बम विस्फाेट, एक जना घाइते

  डेटूडे खबर डेस्क
  ३० कार्तिक २०७९

                            

भाेजपुर । भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे हाे । 

विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते भएका प्रहरीले जनाएकाे छ । उनको खुट्टामा चाेट लागेकाे र बम पनि उनले नै बाेकेकाे शङ्का गरिएकाे छ । श्रेष्ठ विप्लव कार्यकर्ता भन्ने बुझिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

घाइते श्रेष्ठकाे स्थानीय किल्निकमा उपचार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट