निर्वाचनलाई लक्षित गरी मंसिर एक गते नेपाल–भारत सीमा नाका तीन दिन बन्द

  डेटूडे खबर डेस्क
  ३० कार्तिक २०७९

                            

जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएका नाका तीनदिन बन्द हुने भएका छन्।

मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गतेसम्म ३ दिन भारतसँग जोडिएका सीमा बन्द गरिन लागेको हो ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा नाका बन्द गरिनेछन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्।

यसअघि नै स्थानीय प्रशासनले जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको मतदान सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट