पैसा बाँडेको आरोपमा प्रदेशसभाका एमाले उम्मेदवारसहित ३ जना पक्राउ

डेटूडे खबर डेस्क
०३ मंसिर २०७९
काठमाडौं । मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेका छन्।
शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्।