एभरेष्ट पेपर मिलको मेसिनमा किचेर १ जना मजदुरको मृत्यु

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०७९

                            

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा पर्ने एभरेस्ट पेपर मिलको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

कार्यरत मजदुर क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने ३५ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार शनिवार (आज ) बिहान १० बजे काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर  श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक परिवार र मजदुर तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट