महोत्तरीकाे गौशालामा नमुना मतपत्रसहित २ जना पक्राउ

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०७९

                            

महोत्तरी । महोत्तरीको गौशालामा नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१ का ७४ वर्षीय भवानी बहादुर थापा र बर्दिवास नगरपालिका-५ का ३९ वर्षीय पदम पौडेल रहेका  प्रहरीले जनाएको छ । 

१ सय ९४ थान नमुना मतपत्रलगायत निर्वाचन सामग्रीसहित हिँडिरहेको अवस्थामा प्रहरी निरीक्षक विशाल सिंहको टोलीले उनीहरुलाई गौशाला नगरपालिका-१० वटौवाबाट पक्राउ गरेकाे हाे ।

बाग्मती प्रदेश-३-०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  

उनीहरुमाथि थप अनुसन्धानको भइरहेकाे महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट