उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै सिके राउत विजयी

डेटूडे खबर डेस्क
०७ मंसिर २०७९
सप्तरी । सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले डा. सिके राउत विजयी भएको छ ।
राउतले यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे । राउतले ३५ हजार ४२ मत र निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पायाे।