हामी पनि सामाजिक प्राणी हौ तसर्थ समाजमा बस्ने सहज र व्यवस्थित वातावरण बनाईदिनु: ट्रान्सवुमन पिटर

  डेटूडे खबर डेस्क
  ०७ मंसिर २०७९

                            

जनकपुरधाम । यौनिक तथा लैगिंक अल्पसंख्यक (एलजीबीटीआई) लाई अहिले पनि समाजले स्वीकार गर्न सक्ने अवस्थामा छैन् ।  प्रत्येक व्यक्तिलाई आफ्नो इच्छा चाहना र स्वतन्त्र रुपले बस्न पाउँने अधिकार भएतापनि लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हाम्रो समुदायमा विभिन्न प्रकारका यातना पिडा सहनुपर्ने अवस्था देखिन्छ । यहाँसम्म कि स्वतन्त्र रुपले बस्ने हिडडुल गर्ने अवस्था छैन् । ट्रान्सवुमन पिटर तामाङ्गले भनिन् लैङ्गिक अल्पसंख्यकका धेरै यस्ता व्यक्तिहरु छन् जो खुलेर बाहिर आउन सकेका छैन् । परिवार र समाजका डरले आफुलाई अस्विकार गर्ला कि भनेर विभिन्न पिडा खेप्नुपर्ने अवस्था देखिन्छ कतिले त आत्म हत्या समेत गरेको सुनिन्छ ।

तर यसरी कति दिन सम्म चल्ने हो । मान्छेको सोच र धारणामा परिवर्तन ल्याउँनै पर्छ । आफुलाई पनि सानै देखि दोहोरो जीवन बाच्नुपरेको थियो तर २०७९ जेठ देखि महिलाको पहिरनमा आउँदा आफुलाई निकै नै खुसी लागेको भावुक भएर भनीन् । तर पहिलाको भन्दा अहिले धेरै नै सुधार र परिवर्तन आएको देखिन्छ राष्ट्रले पनि धेरै हदसम्म हाम्रो लागि सोचेको र गरेकै हो तर अझै पनि थुप्रै कार्यहरु गर्नुपर्ने पिटरले बताईन ।

राज्यले नागरिकता वितरणमा, समलिंगि विवाहलाई वैधता नदिँदा र अंशको हकमा विभेद गरिरहेको समेत बताईन् ।

बिहिबार जनकपुरधाममा राइट हेयर राइट नाउद्वारा आयोजना गरिएको कार्यक्रममा २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट