सप्तरी निर्वाचन क्षेत्र १ बाट मधेश सरकारका मन्त्री नवल किशोर साह निर्वाचित

डेटूडे खबर डेस्क
०८ मंसिर २०७९
सप्तरी । मधेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्याए ।