महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी
.jpg)
डेटूडे खबर डेस्क
०९ मंसिर २०७९
महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । जसपाका हरिनारायण यादवलाई ठाकुरले २ हजार ५० मतान्तरले पराजित गरे । ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।