मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित

  डेटूडे खबर डेस्क
  ०९ मंसिर २०७९

                            

जनकपुरधाम । महोत्तरी क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभाका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका प्रभावशाली नेता रहेका साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २५०० मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार माओवादीका साहले ८ हजार ३७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामश्रेष्ठ महतोले ५ हजार ८७१ मत ल्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट