बेल्जियमलाई पराजित गर्दै मोरक्को विजयी

  डेटूडे खबर डेस्क
  १२ मंसिर २०७९

                            

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ ।

मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जीत हात पार्यो ।

जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ । समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट