धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी

डेटूडे खबर डेस्क
१३ मंसिर २०७९
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत गरे । मतगणनाको सुरुदेखि नै अग्रता बढाएका हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी भएका हुन् ।