नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

  डेटूडे खबर डेस्क
  १३ मंसिर २०७९

                            

बैंक सुपरीवेक्षण विभागले राष्ट्र बैंकको नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था निमयन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाएको हुनाले प्रभु बैंक लिमिटेड, बैंक अफ काठमान्डू लिमिटेड, कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ ।

त्यस्तै, सम्पति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन गरेकोले राष्ट्र बैंकले कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरीवाना गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनमा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिईने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपछि प्रिमियम दर वृद्धि गर्न पाइने छैन | यस व्यवस्थाको नियम उल्लघन गरेको भन्दै राष्ट्र बैंकले हिमालयन बैंक, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकका सीइओहरुलाई सचेत गराएको छ ।

साथै, आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेपछि केन्द्रीय बैंकले सनराइज र मेगा बैंकका सञ्चालक समितिलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट