सुकुम्बासी बस्तीका बासिन्दा सडकमा

  डेटूडे खबर डेस्क
  १३ मंसिर २०७९

                            

सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएर सडकमा उतरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को राजीनामा माग्दै सुकुम्बासी आन्दोलित भएका छन् । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न महानगरपालिकाले सूचना दिएको र उक्त सूचनाको बेवास्ता गर्दैै स्थानीय बसिरहेपछि हिजो महानगरको टोली डोजरसहित गएको थियो ।

तर बस्तीमा पुग्दा सुकुम्बासी बस्तीका स्थानीयले घरेलु हतियारकोसमेत प्रयोग गर्दा १८ सुरक्षाकर्मी घाइते भएका थिए । सुकुम्बासी बस्तीका बासिन्दाले आज मेयर साहको राजीनामा माग्दै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

त्यस्तै उनीहरु माइतीघरमा अनसन बसेका छन् । उनीहरुले स्थायी बसोबास बिनाको जबरजस्ती उठिबास रोक्न पनि माग गरेका छन् ।

यसअघि पटक पटक अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको भए पनि उनीहरुले बेवास्ता गर्दै आएका छन् ।

उक्त सुकुम्बासी बस्तीमा करिब पाँच दर्जन जिल्लाबाट आएका झण्डै डेढ सय छाप्रा बनाएर बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट