५० वर्षीय पुरुषको घाँटी रेटिएको अवस्थामा शव फेला

  डेटूडे खबर डेस्क
  १३ मंसिर २०७९

                            

 

 सप्तरीमा । ५० वर्षीय पुरुषको घाँटी रेटिएको अवस्थामा सप्तरीमा शव फेला परेको छ । सोमबार राति कञ्चनरुप नगरपालिका १ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार सोमबार राति १० बजे घरबाट निस्केका राउत बिहान अवेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

स्थानीय बासिन्दाले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको घाँटी रेटी हत्या गरिएको देखिन्छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट