भारतबाट इन्धनको भाउ घटेर आयो

  डेटूडे खबर डेस्क
  १६ मंसिर २०७९

                            

भारतबाट इन्धनको मूल्य घटेर आएको छ।   इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ। एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ। 

मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ।   यस्तै हवाई इन्धन आन्तरिकमा  ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ । 

 इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट