मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष भट्टराईको निधन

  डेटूडे खबर डेस्क
  १७ मंसिर २०७९

                            

जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन शुक्रबार साँझ सर्लाही पुगेको उनी  शनिबार आज मृत अवस्थामा होटेलको कोठामा फेला परेको प्रहरीले जनाएको छन् ।

लालबन्दी नगरपालिका–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका भट्टराई मृत अवस्थामा फेला परेको  छ ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत थिए।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट