अध्यक्ष यादव र मुख्यमन्त्री राउतद्वारा अध्यक्ष भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली

  डेटूडे खबर डेस्क
  १८ मंसिर २०७९

                            

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादव र जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेतृत्वले भट्टराईको गृहनगर राजविराज पुगेर पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

पत्रकार महासङ्घ सर्लाहीको साधारणसभामा भाग लिन सर्लाही पुगेका भट्टराईको हृदयघातका कारण हिजो शनिबार सर्लाहीमै निधन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट