३९ केजी गाँजा बरामद

  डेटूडे खबर डेस्क
  २१ मंसिर २०७९

                            

सप्तरी ।  कञ्चनरूप नगरपालिकामा बुधबार बिहान प्रहरीले ३९ केजी गाँजा फेला पारेको छन् । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना ५ ख १५६१ नम्बरको अग्नी यातायातको बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेको थियो । बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवले बताए ।

उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डीएसपी यादवले जानकारी दिए । घटना बारे थप अनुसन्धाम भइरहेकाे प्रहरीले जनाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट