सर्लाहीको पोखरीमा बालिकाको शव फेला

  डेटूडे खबर डेस्क
  २१ मंसिर २०७९

                            

जनकपुधाम । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । मंगलबार बिहानै घरबाट हराएकी सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको  प्रहरीले जनाएकोे छ ।

 खोजतलास गर्ने क्रममा सोही दिन साँझ साढे ५ बजे घरबाट करिब ४ सय मिटर पूर्व पर्ने रत्नेश्वर रायको पोखरीमा मृत फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट