घरको बरण्डाबाट लडेर धनुषाका १ जनाको मृत्यु

डेटूडे खबर डेस्क
२१ मंसिर २०७९
जनकपुरधाम । सर्लाहीमा तीनतल्ले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेको छन् ।
लामा लालबन्दी नगरपालिका १ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर उनी गम्भीर घाइते भएका थिए । हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।