बस र ट्रक ठोक्किँदा १७ जना घाइते

डेटूडे खबर डेस्क
२२ मंसिर २०७९
नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक बिहिबारआज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएकाे छन् भने दुई जनाको अवस्था गम्भीर रहेकाे छ ।
बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले बताए ।