धनुषामा एक इलेक्ट्रोनिक पसलमा आगलागी, ३० लाखको क्षति

  डेटूडे खबर डेस्क
  २२ मंसिर २०७९

                            

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा रहेकाे एक इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको छ ।

जनकपुर ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको अमर चोकमा रहेको हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा धेरैको इलेक्ट्रोनिक समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।

गएराति साढे १२ बजेतिर लागेको आगो बिहान ३ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मिथिला नगरपालिका ढल्केवरबाट आएको दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाइएको थियो । आगो लाग्नुको कारण खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट