जनकपुरधाम : कपडा पसलमा आगलागी

डेटूडे खबर डेस्क
२४ मंसिर २०७९
जनकपुरधाम । जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएकाे छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको साे पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताएकाछन्। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।