दाइजो विरुद्धको कसुरमा पंकज चौधरी पक्राउ

डेटूडे खबर डेस्क
२८ मंसिर २०७९
जनकपुरधाम । दाइजो विरुद्धको कसुरमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ परेका छन् ।
मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरिएकाे हाे ।
नेहाले दिएको दाइजो विरुद्ध जाहेरीका आधारमा पंकजलाई पक्राउ गरिएकाे महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ ।
यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।