निर्वाचन आयोगद्वारा निर्वाचन नतिजा प्रकाशन

डेटूडे खबर डेस्क
२८ मंसिर २०७९
निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको नजिता आज सार्वजानिक गरेको हो ।
सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
त्यस्तै, प्रदेशतर्फको अन्तिम मत परिणाम पुस २ गते प्रदेश प्रमुखलाई बुझाउने पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई पुस ३ गते आइतबार आयोगले प्रमाणपत्र प्रदान गर्ने बताएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्।