धनुषामा धान कुट्ने मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

डेटूडे खबर डेस्क
२९ मंसिर २०७९
जनकपुरधाम । धनुषामा धान कुट्ने मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ। बिहीबार ( आज) धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियाकी ४५ वर्षीया कालोदेवी साहको मिल फित्तामा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालोदवी मिलको फित्तामा बेरिएर टाउको र शरीरको भाग अलग–अलग भएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो।
घटनास्थलको मुचुल्का गरी मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको क्षेत्रीले बताए।