धनुषामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

  डेटूडे खबर डेस्क
  २९ मंसिर २०७९

                            

जनकपुरधाम ।  धनुषामा सवारी दुर्घटनामा परी  एक युवकको मृत्यु भएको छ ।
मिथिला नगरपालिका–६, ढल्केवरस्थित हेल्थपोष्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षिय अमरेन्द्र महतोको मृत्यु भएको प्रहरीले हो ।

बुधबार राती १० बजे पूर्वबाट काठमाडौंतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा पछि–पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

बसमा ठक्कर खाएको मोटरसाइकल अनियन्त्रत भएर काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।

घाइते मोटरसाइकल चालक महतोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।

बस, हाइस र मोटरसाईकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट