नक्कली नोटसहित एक भारतीय पक्राउ

  डेटूडे खबर डेस्क
  ०२ पौष २०७९

                            

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ । एक हजार दरका ११ वटा नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका-३ स्थित मालिबाडाको घुम्ती पसलमा सामान किन्न खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि कुमारलाई नियन्त्रणमा लिइएका छ । कुमार विहारको ग्राम पन्चायतको भएको जनाइएको छ।

भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट