टाटा मोटर्सको एक्सपरेन्शियल ड्राइभ जनकपुरधाममा सम्पन्न

डेटूडे खबर डेस्क
०५ पौष २०७९
जनकपुरधाम । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ द्वारा विद्धुतीय गाडी (इभी) को जनकपुरधाममा "एक्सपरेन्शियल ड्राइभ" नामक टेस्ट ड्राइभ कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरेको छ ।
जनकपुरामकोहोटेल राज दरवार, मुझेलियामा विहान ११ बजे देखि उक्त टेस्ट ड्राइभ कार्यक्रमका साथ विद्युतिय गाडीमा रुची राख्नुहुने विभिन्न ग्राहक, संघ संस्था सँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
पछिल्लो समय सन्तुलित वातावरण, न्यूनतम संचालन खर्च र अन्य विभिन्न दृष्टिकोणले इभी उपयुक्त भएको कारण, यसको बजार नेपालमा द्रुत गतिमा विस्तार भइरहेको छ। यसै सन्दर्भमा सिप्रदीले यस टेस्ट ड्राइभ कार्यक्रमहरुमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको बताएको छ।
यस कार्यक्रमहरुमा सम्बन्धित स्थानका प्रतिष्ठित व्यक्तित्वहरुले पनि भाग लिएका थिए। यसैगरी, इच्छुक ग्राहकहरुलाई खरिद गर्न सहजताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको पनि सहभागिता थियो।
" टाटा ब्रान्डका टिगोर र नेक्सन इभीहरु अन्य भन्दा विशेष भएकोले पनि यो सफलता हासिल भएको हो ," कम्पनी स्रोत बताउँदछ। विशेष गरी यी इभीहरु दक्षिण एसिया सँगसँगै नेपाली भूभाग लागि एकदम सुहाउँदो र नेपाली बजारमा सर्वाधिक रुचाइएको पाइन्छ।
समुन्नत जिप्ट्रोण प्रविधिले सम्पन्न टिगोर इभीले सर्वोत्कृष्ट सुरक्षाको लागि जीएनसीपीद्वारा मान्यता प्राप्त गरेका छन्।
यसैगरी, नेक्सन इभीको बाहिरी र भित्री बनावट आकर्षक, बलियो एवं आरामदायी छन् भने यसको ग्राउन्ड क्लिएरेन्स पनि बाँकी गाडीहरूभन्दा उत्कृष्ट छ।