पत्रकार झालाई उत्कृष्ठ सामाजिक सेवा पुरस्कार

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७९

                            

जनकपुरधाम । एभिन्यूज टिभिका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले बुधबार (आज) सम्मानित गरिएको छ ।

जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाउँमा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको हाे । पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।

पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्वपूणर् भूमिका निर्वाह गरेकाले सो पुरस्कार प्रदान गरिएको छ ।
अढाइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका पत्रकार झाको मैथिली भाषामा १५ वटा पुस्तक प्रकाशित रहेको छ । झा मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन ।

विकास पुरुष मकेश्वर बाबू सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एस का पोलिटव्यूरो सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साह, सम्मानित हुने पत्रकार सुजीतकुमार झा लगायतका वक्ताहरुले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट