मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०७ पौष २०७९

                            

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर गएराति दुई जनाको मृत्यु भएकाे प्रहरीले जनााएकाे हो ।

शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल करिब २ बजे दुर्घटनामा परेको थियो । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट