शिवपूजनको हत्या आरोपमा एक जना पक्राउ

  डेटूडे खबर डेस्क
  १० पौष २०७९

                            

वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा  एक जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद राम  पक्राउ परेकाे हाे ।

प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार गरे । उनले आइतबार क्रिसमसको विदा परेकोले सोमबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताएका छन् ।

‘सुरुमा दुई जना आफन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं । उनीहरुको संलग्नता नदेखिएपछि छोड्यौंं’, उनले भने ‘यसपटक मुख्य अभियुक्त नै पक्राउ परेका छन् । उनलाई भोलि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छौ ।’

७ पुस साँझ कलैया बारियारपुर सडकखण्ड अन्र्तगत बाराको महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलबाट निस्कदै गरेका शिवपुजनको गोली हानी हत्या भएको थियो । उनी भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको व्यक्ति भएको बारा प्रहरीले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट