जनकपुरधाम आउँदै गरेको रेलमा किचिएर वैदेही स्टेशनमा एकजनाको मृत्यु

डेटूडे खबर डेस्क
१३ पौष २०७९
जनकपुरधाम । जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा किचिएर एकजनाको मृत्यु भएको छ ।
वैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेर धनुषा नगराइन नगरपालिका - २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार बिहान वैदेही रेल स्टेसनबाट जनकपुरधामतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए ।