सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

  डेटूडे खबर डेस्क
  १४ पौष २०७९

                            

नाबालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमबाट निलम्बित पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज  परेको छ।

पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरु बताउँछन् । गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले उक्त दिनको पेसी स्थगित गरेका थिए।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट