पर्यटन सद्भावना दूतमा जनकपुरधामका चौधरी नियुक्त

डेटूडे खबर डेस्क
१४ पौष २०७९
जनकपुरधाम । जनकपुरधामका विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्री स्तरीय निणर्य अनुसार अमेरिका स्थित क्यालिफोर्निया राज्यका लागि पर्यटन सद्भावना दूतमा चार बर्षका लागि चौधरीलाई नियुक्त गरेको उनका भाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा )का नेता संजय कुमार चौधरीले जानकारी दिएका छन् ।
उनी एशोसिएशन अफ नेपाली तराईयन ईन अमेरिका( एएनटिए )को अन्तर्राष्ट्रिय उपाध्यक्ष, फ्रिमन्ट सगरमथा लायन्स क्लबको प्रेसीडेन्ट,एनआरएनएको सक्रिय अभियन्ता र पूर्व शिक्षक समेत रहेका छन् ।
जनकपुरधामको जानकी माविमा शिक्षण पेसामा रहेका विजय चौधरी केही वर्ष देखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आइरहेका छन् ।
उनी चार बर्ष देखि क्यालिफोर्निया लाई कर्मक्षेत्र बनाई नेपाली कला, संस्कृती, पर्यटनको क्षेत्रमा नेपाल र नेपालीलाई विश्व सामु चिनाउनका लागि पर्यटन प्रवद्र्धनलाई संरक्षण गर्ने कार्यमा सक्रिय रही प्रवासी नेपालीहरूलाई जोडी कार्य गर्दै आइरहेका छन् ।