दलित महिलामाथि बाेक्सीकाे आराेप लगाएर निर्घात कुटपिट

  डेटूडे खबर डेस्क
  १८ पौष २०७९

                            

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा  एक दलित महिलालाई बाेक्सीकाे आराेप लगाएर निर्घात कुटपिट  गरिएको छ । जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई कुटपिट गरिएको हो ।

उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । महिलोको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ ।

आईतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई छिमेकीहरुले नै कथित बोक्सीको आरोपमा कुटपिट गरेको दावी गरिएको छ । स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले मिलेर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको छोरा प्रभु महराले बताए ।

‘ म नयाँ वर्षको पिकनिक खान गएको थिँए, आमा घर अगाडि घुर तापिरहनुभएको थियो । छिमेकका चार जना मिलेर बोक्सीको आरोपमा कपाल समातेर बाँसको भाटाले हानेर कुटपिट गरेछन् । दाँत लागेपछि छोडेर भागेछन् ।’ उनले भने ‘ घटनाबारे सुनेपछि म आउँदा उनीहरु भागिसकेका थिए । प्रहरीको सहयोगमा आमालाई एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर उपचार गरिरहेको छु ।’

आमालाई मल मूत्र खुवाउने प्रयास गरिएकोमा गाउँका अन्य मानिसहरुले गएर रोकेको उनको भनाइ छ । सोही अनुसार स्थानीय प्रहरी कार्यालयमा उजुरी समेत दर्ता गराएको दावी उनको छ ।

यसअघि पनि छिमेकीको घर परिवारमा कोहि विरामी पर्दा आमाले गर्दा विरामी परेको भनेर आरोप लगाउने गरेको महराको भनाई छ । ‘ एक दुईपटक सहेको पनि हो, कतिपटक सहने ?’ उनले भने ‘ अब हामीलाई न्याय चाहिन्छ ।’

दलित विपन्न परिवार भएकै कारण सुदामा देवीको परिवारलाई छिमेकीले हेप्ने गरेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट