धनुषामा वेवारिसे अवस्थामा एक महिलाको शव फेला

  डेटूडे खबर डेस्क
  २० पौष २०७९

                            

जनकपुरधाम । धनुषामा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला परेकाे धनुषा प्रहरीले जनाएको छ ।करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन ।

 मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।

सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए । 

उक्त घटना विषयमा थप अनुसन्धान भइरहेकाे  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट