कोरोना सङ्क्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २३ पौष २०७९

                            

कोरोना सङ्क्रमणबाट शुक्रवार नेपालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौँको वीर अस्पतालमा कोरोना सङ्क्रमित ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

थप एक सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ ।

शुक्रवार ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै हिजो तीन जना सङ्क्रमण मुक्त भएका छन् ।

शुक्रवारसम्म नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट