सिरहा : स्पिरिट पिउँदा विद्यार्थीको मृत्यु, प्रहरी कार्यालयमाथि ढुंगामुढा

  न्यूज डेस्क
  २४ पौष २०७९

                            

जनकपुरधाम । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका– ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्पिरिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।

शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीह? पूर्वपश्चिम राजमार्ग अव?द्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।
उनीह?ले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अव?द्ध पारेका छन् । उनीह?ले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् ।
ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट