शहीद पत्रकार उमासिंहको १४ औं स्मृति दिवस मनाइयो

  डेटूडे खबर डेस्क
  २८ पौष २०७९

                            

जनकपुरधाम । शहीद पत्रकार उमा सिंहको १४ औं स्मृति दिवस मनाईएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखा तथा जनकपुरीयन लेडिज ग्रुप एवं विभिन्न संगठनहरुले बुधबार पत्रकार सिंहको १४ औं स्मृति दिवस मनाएको हो ।

पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको अध्यक्षतामा जनकपुरधाम स्थित जनकचोकमा दिप प्रजवलन गरि पत्रकार सिंहको स्मृति दिवस मनाइएको हो भने जनकपुरीयन लेडिज ग्रुपले जानकी मन्दिरमा दिप प्रज्वलन गरी शहीद सिंहको स्मृति दिवस मनाएको हो ।

शहीद पत्रकार उमासिंहलाई वि.सं.२०६५ साल पुस २७ गते जनकपुरधाम डेरामा उनलाई १०-१५ जनाको समूहले खुकुरी प्रहार गरी निर्मम्ता पूर्वक विभत्स हत्या गरेको थियो ।

सिंहको विभत्स हत्यामा संलग्नहरु माफि पाउँनु भनेको जघन्य अपराधलाई बढावा दिनु हो र यस्तो अपराधिहरुलाई आजिवन कारावासको सजाय दिनुपर्छ अनि मात्र हिंसा र अपराधको अनत्य हुन सक्ने अधिवक्ता एवं महिला मानव अधिकारकर्मी रेखा झाले बताइन् ।

शहीद पत्रकार उमा सिंहको हत्या भएको १४ वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट