सम्बन्ध विस्तारको अटुट माध्यम खिचडी भोज : विगत १२ वर्षदेखि आयोजना हुँदै आएको

  डेटूडे खबर डेस्क
  ०१ माघ २०७९

                            

जनकपुरधाम । माघे संक्रान्तिको अवसरमा आइतबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ ।
जानकी चोकस्थित ‘अंगराज सर’को डिलमा यस वर्ष पनि खिचडी भोजको आयोजना गरिएको हो ।
जानकी चोकका युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिंदै आएको युवा अगुवा सुशील कणर्ले जानकारी दिए । भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १२ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको कणर्ले बताए ।
यो भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता दिनुपर्ने आवश्यकता रहेको स्थानीय विरेन्द्र कणर्ले बताए । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी,स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट