मधेस प्रदेशमा भाेलि सार्वजनिक बिदा

  डेटूडे खबर डेस्क
  ०४ माघ २०७९

                            

जनकपुरधाम ।  मधेस प्रदेश सरकारले भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हाे ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट