पर्सामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

  डेटूडे खबर डेस्क
  १४ माघ २०७९

                            

वीरगञ्ज । पर्सामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाँउपालिका-५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी-१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो ।
सुवणर्पुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट अचानक खसेका विजयलाई बीच भागको ठूलो चक्काले किचेको थियो ।

बेहोस अवस्थामा उद्दार गरी मुखियालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा चिकित्सकले शुक्रबार राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
प्रहरीले ट्याक्टर सहित चालक जिराभवानी गाउँपालिकामै बस्ने ४२ वर्षका भोला यादवलाई नियन्त्रणमा लिएर पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट