थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगेको आरोपमा एकजना पक्राउ

डेटूडे संवाददाता
१६ माघ २०७९
वीरगञ्ज । वीरगञ्जबाट ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ रहकाे छन् ।
प्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गर्ने गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आइतबार यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।
उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।