जनकपुरधाम: मंगलम डाइगोनेष्टिक ल्याब संचालनमा

  डेटूडे खबर डेस्क
  ३१ जेठ २०८०

                            

जनकपुरधाम । जनकपुरधाममा अत्याधुनिक मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा आएको छ । जनकपुरकाे हस्पिटल रोडमा संचालनमा ल्याएको उक्त ल्याबको बुधबार  (आज ) एक समारोहबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले उदघाटन गरेका छन् ।

प्याथोलोजी क्षेत्रमा विगत २७ वर्षदेखि देशको विभिन्न स्थानमा सेवा दिँदै आएका डा. अमरनाथ ठाकुरले आफ्नै जन्मभूमिमा जनसेवाको उद्देश्यले आधुनिक ल्याब संचालन गरेको बताए । 

पैँसाकाे अभाबले कुनैपनि असहाय उपचार  (जाँच )  बिना घर नफ्रिकेने उनले  प्रतिबद्धता समेत व्यक्त गरे । न्युनतम शुल्कमा गुणस्तरीय सेम्बल जाँच गरिने छ बताए ।

 तीन करोडको  लागतमा डाइगोनेष्टिक सेन्टर स्थापना गरेको डा. ठाकुरकाे  कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट